देश/प्रदेश

बिपी प्रतिष्ठानका उपकुलपतिले मापसे गरेर लठ्ठ भएको भन्दै वार्ता भाँडियो, मापसे चेक गर्न मानेनन्

Banner

काठमाडौं, असार १६ –

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति ज्ञानेन्द्र गिरीले मापसे गरेर असमान्य गतिविधि देखाएको भन्दै मंगलबार वार्तास्थलमै थुनिएका थिए । आन्दोलन गरिरहेकाहरूलाई वार्ता गर्न बोलाएर उनले मापसे गरेर असान्य गतिविधि देखाएको भन्दै आन्दोलनरत पक्षले विरोध गरेका छन् ।

आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीले मापसले गरेर उपकुलपति गिरीले असमान्य गतिविधि देखाएको भन्दै मंगलबार वार्तास्थलमै थुनिदिएका थिए । आन्दोलनरत पक्षले उपकुलपति गिरीको मापसे चेक गर्नुपर्ने अडान राखेका थिए । तर गिरीले मापसे चेक गर्न मानेनन्।

गिरीले मापसे चेक गर्न नमानेको र छ घन्टापछि थुनिएको ठाउँबाट बाहिरिएको स्रोतले बताएको छ । मदिराले गिरी मातिएको भन्दै आन्दोलनरत पक्षले नारावाजी पनि गरेका थिए। बिपी प्रतिष्ठानमा चिकित्सकलगायत दुई सातादेखि आन्दोलनमा छन्। आन्दोलनरत पक्षलाई गिरीले मंगलबार दिउँसो वार्ताका लागि बोलाए पनि मापसे गरेर लठ्ठ भएको भन्दै वार्ता भाँडिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>