Breaking News
चितवनमा आज १२९ कोरोना संक्रमित थपिए, ११३९ सक्रिय संक्रमित आइसोलेसनमा

चितवन, असार १५-
चितवनमा विगत २४ घण्टामा १२९ जना कोरोना संक्रमित थपिएका हुन् ।
विगत पाँच दिनदेखि १०० भन्दा तल घटिरहेको कोरोना संक्रमण सोमबारबाट एक्कासी बढेको हो । स्वास्थ्य कार्यालय चितवनले सार्वजनिक गरेको तथ्यांक अनुसार थपिएका कोरोना संक्रमित मध्ये भरतपुर महानगरपालिकाका ७८ जना, खैरहनीमा ८ जना, माडीमा १० जना, रत्ननगरमा १५ जना, राप्तीमा ४ जना, कालिकामा १२ जना र इच्छाकामना गाउँपालिकामा २ जना रहेका छन् ।
त्यस्तै चितवनमा आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्या एक हजार १३९ जना रहेका छन् । जसमध्ये घरमा आइसोलेसनमा ९९१ जना, अस्पतालको आइसोलेसनमा १११ जना र सार्वजनिक आइसोलेसनमा ३७ जना रहेका छन् । विगत २४ घण्टामा चितवनमा १ जना कोरोना संक्रमितको निधन भएको स्वास्थ्य कार्यालयले जनाएको छ । चितवनमा आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८२ जना पुगेको छ । पहिलो र दोस्रो लहरमा गरेर आजसम्म चितवनमा १६ हजार १८२ जना कोरोना संक्रमित भएका छन् ।
























