क्रिकेट
क्रिकेटर सन्दिप लामिछानेद्वारा बाढीपहिरो प्रभावितलाई सहयोग
०

काठमाडौं,असार १४-
नेपाली लिग स्पिनर सन्दिप लामिछानेले सिन्धुपाल्चोकको लिदि पहिरोपीडितलाई सहयोग गर्नुभएको छ । उहाँले गत वर्षको पहिरोले विस्थापित भएर बासखर्कमा बसेका पहिरोबाट प्रभावितलाई घर बनाउन आवश्यक सामग्री सहयोग गर्नुभएको हो ।
आज चौतारा पुगेर सो सहयोग जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष एंव प्रमुख अरुण पोखरेललाई लामिछानेले हस्तान्तरण गर्नुभयो । हस्तान्तरण गरिएका सामग्रीमा जस्ता, फलामे ट्रस, पोल लगायत चार लाख बराबरका सामान छन । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार विपद व्यवस्थापन समितिको पहल मार्फत बाह्रबिसे, बासखर्क र भोटेकोसीमा १०० वटा टहरा बनाउने लक्ष्य अनुसार उक्त सामाग्री प्राप्त भएको जानकारी दिनुभयो ।
त्यसैगरी लामिछानेको टोलीले मेलम्ची बाढीबाट प्रभावितका लागि मेलम्चीमा स्वास्थ्य शिविर पनि संञ्चालन गरिएको थियो ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























