मकवानपुर
कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई समस्या
०

बागमती, साउन २२ –
हेटौँडा उपमहानगरपालिका वडा नं ९ र १० भएर बग्ने कर्रा खोलामा पुल नहुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको छ ।
उक्त खोलामा २०७० सालमा कल्भर्ट निर्माण गरिएको भए पनि खोलाले धार परिवर्तन गरेपछि पुलको आवश्यकता अझ खड्किएको छ । वर्षायाममा स्थानीयलाई औषधिलगायत अत्यावश्यक सामग्री खरिद गर्न वैकल्पिक बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ । घाट जाने बाटो समेत नहुँदा आफूहरूलाई मर्का परेको उनीहरूको दुखेसो छ ।
हेटौँडा उपमहानगरपालिका–९ का वडाध्यक्ष सुकराम केसीका अनुसार उक्त स्थानमा पुल निर्माणको योजना कार्यान्वयनको क्रममा छ । त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भइसकेको छ। रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























