वागमती

उपत्यकाभित्र मंगलबारदेखि २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारीसाधन जोर-बिजोरमा चल्न पाउने

Banner

काठमाडौं,असार १३-

काठमाडौं उपत्यकाभित्र तीन जिल्ला प्रशासनहरुले कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञालाई थप खुकुलो बनाउँदै एक साता लम्ब्याउने निर्णय गरेका छन् ।

प्रशासनको निर्णयअनुसार जोर-बिजोर प्रणालीको आधारमा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन उपत्यकाभित्र संचालन हुन पाउने भएका छन् । भौतिक दूरी कायम गर्दै ती सवारी साधनलाई मंगलबारदेखि संचालन अनुमति दिइएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बताए ।

यातायात व्यवसायीको तीव्र दबाबपछि जिल्ला प्रशासनहरुले सर्तसहित सेवा संचालनको अनुमति दिएका हुन् । अहिले उपत्यकाका तीन जिल्लामा निजी सवारी साधन जोर-बिजोर प्रणालीमा संचालन भैरहेका छन् । निषेधाज्ञामा यसअघि लागु गरिएका अन्य प्रतिबन्ध र खुकुलोका प्रावधानहरु भने कायमै रहेको ललितपुर सीडीओ निरौलाले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>