अन्तर्राष्ट्रिय
अमेरिकाले इराक र सिरियामा रहेका इरान समर्थित विद्रोहीमाथि हवाई आक्रमण

अमेरिका, असार १४ –
अमेरिकाले इराक र सिरियामा रहेका इरान समर्थित विद्रोहीमाथि लक्षित हवाई आक्रमण सुरु गरेको अमेरिकी रक्षा मन्त्रालयले बताएको छ । अमेरिकी फौजमाथि विद्रोहीको ड्रोन हमलाको प्रत्युत्तरमा सञ्चालनमा रहेका र हतियार केन्द्रहरूमा हमला गरिएको पेन्टागनको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अमेरिकी सैनिकको रक्षा गर्ने कुरामा राष्ट्रपति बाइडन स्पष्ट छन्,ू विज्ञप्तिमा भनिएको छ। बाइडनले राष्ट्रपति बनेयता इरान समर्थित विद्रोहीमाथि आक्रमण गर्न स्वीकृति दिएको यो दोस्रो पटक हो। इरानमा रहेका अमेरिकी सेनामाथि गएका महिनामा केही ड्रोन आक्रमणहरू भएका छन् । इरानले आफ्नो संलग्नता नरहेको बताएको छ।
आईएस समूहसँग लड्न इराकमा २,५०० जति अमेरिकी सैनिक रहेका छन्। पेन्टागनका अनुसार सिरियाका दुई र इराकको एक लक्ष्यमा रक्षात्मक हवाई हमला गरिएको हो । अमेरिकाले हमलामा के कति घाइते भए वा मारिए भन्ने बताएको छैन। तर एएफपी समाचार संस्थाले यूकेको सिरिया अब्जर्भेटरी फर ह्युमन राइट्सका अनुसार सिरियामा अमेरिकी युद्ध विमानको एउटा आक्रमणमा पाँच विद्रोही मारिएको र अन्य केही घाइते भएको जनाएको छ। बीबीसी

























