अन्तर्राष्ट्रिय

बंगलादेशको ढाकामा बिस्फोट हुँदा ७ जनाको मृत्यु, दर्जनौं मानिस घाइते

Banner

बंगलादेश, असार १४ –

बंगलादेशको राजधानी ढाकामा आइतबार साँझ भएको एउटा बिस्फोटमा परी कम्तिमा सात जनाको मृत्यु भएको छ भने दर्जनौं मानिस घाइते भएका छन्। ढाकाको मोघबजार क्षेत्रमा आइतबार साँझ साढे सात बजेतिर आरोङ कम्पनीको सोरूम नजिकै बिस्फोट भएको हो ।

बंगलादेशी सञ्चारमाध्यमहरूका अनुसार चार तले उक्त घरमा भएको बिस्फोटले आसपासका अन्य भवनमा पनि क्षति पुर्‍याएको थियो। नजिकै रहेका तीन वटा बस र केही कारमा पनि बिस्फोटले क्षति भएको छ।

के कारणले बिस्फोट भएको भन्ने एकिन भइसकेको छैन। अधिकारीहरूले बिस्फोट नियोजित नभई अन्डरग्राउन्डमा राखिएका ग्यास सिलिन्डरका कारण भएको हुन सक्ने अनुमान गरेका छन्।

बिस्फोटमा घाइते भएका ५० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>