खेलकुद

युरोकपः नेदरल्याण्डलाई हराउँदै चेक रिपब्लिक क्वार्टरफाइनलमा प्रवेश

Banner

चितवन,जेठ १४-

१६ औँ संस्करणको युरोकप फुटबल अन्तर्गत नेदरल्याण्डलाई हराउँदै चेक रिपब्लिक क्वार्टरफाइनलमा प्रवेर गरेको छ । आइतबार राति हंगेरीको पुस्कास एरिना स्टेडियममा भएको खेलमा नेदरल्याण्डलाई २-० गोल अन्तरले हराउँदै चेक रिपब्लिक अन्तिम आठमा प्रवेश गरेको हो ।

चेक रिपब्लिकलाई जिताउन टोमस होल्स र प्याट्रिक शिकले एक-एक गोल गरे । खेलको ६८ औँ मिनेटमा होल्सले हेडिङमार्फत गोल गर्दै १-० को अग्रता बनाएका थिए । त्यसैगरी खेलको ८०औँ मिनेटमा प्याट्रिकले गोल गर्दै चेक रिपब्लिकको जित सुनिश्चित बनाएका थिए । अब चेक रिपब्लिकले क्वार्टरफाइनलमा डेनमार्कसँग खेल्नेछ। डेनमार्क वेल्सलाई ४-० ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

खेलको ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्यान्ड्स १० खेलाडीमा सीमित बनेको थियो । समूह चरणमा सबै खेलमा जित हात पार्दै शत प्रतिशत नतिजा निकालेको नेदरल्याण्डले यात्रा अन्तम १६ मै टुंगिएको छ । समूह चरणमा चेक रिपब्लिकले उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा स्थान बनाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>