देश/प्रदेश

आफ्नो चरित्र हत्या गर्ने ९ अनलाइनविरुद्ध रूपाले दिइन् उजुरी

Banner

काठमाडौं,असार १३-

सञ्चारकर्मी रुपा सुनारले आफ्नो चरित्र हत्या गर्ने अनलाइनविरुद्ध प्रेस काउन्सिल नेपालमा उजुरी दिएकी छन् । काठमाडौंको बबरमहलमा कोठा खाज्ने क्रममा घरबेटीले जातीय विभेद गरेपछि न्याय माग्दा आफ्नो भ्रम फैलाउने ९ अनलाइनविरुद्ध उनले प्रेस काउन्सिलमा उजुरी दिएकी छन्।

विभिन्न जातजाति, धर्म, वा सम्प्रदायबीच सुसम्बन्धमा खलल पुर्याएको र आफ्नो चरित्र हत्या गरेर समग्र समुदायमाथि नै हिंसा गरेको भन्दै साइबर अपराधअन्तर्गत कारबाहीको माग गर्दै प्रेस काउन्सिलमा उनले उजुरी दिएकी छन् ।

जातीय दुव्र्यवहार भएपछि विरोधमा उत्रिदा आफूमाथि अनलाइनहरुले कसैबाट परिचालन भएको बताउँदै भ्रामक समाचार लेखेको उनले बताएकी छन् । नेपाल पाना नमाक अनलाइनले रुपामाथि युरोपियन युनियन (ईयू) बाट डेढ करोड रुपैयाँ रकमा खाएको आरोप लगाएको छ ।

उनले नेपालपाना डटकम, खबरमाला डटकम, कालापानी पोस्ट, इकालापानी पोस्ट, मिडिया २० पोस्ट, आजको नयाँ डटकम, ग्यालेक्सी सेभेन एक्सप्रेस डटकम, साझा मिडिया डटकम र नेपाल पहरा डटकमविरुद्ध प्रेस काउन्सिलमा लिखित रुपमा उजुरी दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>