खेलकुद

युरो कपः नयाँ राष्ट्रिय रेकर्ड बनाउँदै इटाली अन्तिम आठमा प्रवेश

Banner

चितवन,असार १३-

नयाँ राष्ट्रिय रेकर्ड बनाउँदै इटाली युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार विहान सकिएको खेलमा इटालीले अस्ट्रियामाथि २-१ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो। खेलमा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा इटालीले दुई गोल गर्‍यो।

खेलको ९५ मिनेटमा सब्स्सिच्युट खेलाडी फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाए। उनले इपिन्जोलाको पासमा गोल गरेका थिए। इटालीले खेलको १०५ मिनेटमा दोस्रो गोल गर्‍यो। माटेओ पेसिनाले इटालीका लागि दोस्रो गोल गरेका हुन्। उनलाई गोल गर्न आर्सबीले पास दिए।

अस्ट्रियाका लागि कालजडिकले ११४ मिनेटमा गोल फर्काउँदै टिमलाई खेलमा फर्काउने कोशिस गरेका थिए। यो इटालीेले जारी युरो २०२० मा खाएको पहिलो गोल हो। अब अन्तिम आठमा इटालीले बेल्जियम वा पोर्चुगल मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ।

अस्ट्रियालाई पराजित गरेसँगै इटालीले आफ्नो अपराजित खेल संख्या ३१ खेलसम्म लम्ब्याउँदै नयाँ राष्ट्रिय रेकर्ड बनायो। यो इटाली सर्वाधिक खेलमा अपराजित रहेको खेल संख्या हो।

युरो २०२० को समूह चरणमा शतप्रतिशत जित निकालेसँगै इटालीले अन्तर्राष्ट्रिय खेलमा आफ्नो अपराजित खेल संख्या ३० पुर्‍याएको थियो। जससँगै इटालीले अपराजित खेल संख्यामा आफ्नो राष्ट्रिय रेकर्डसँग बराबरी गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>