देश/प्रदेश
खेतमा पानी लगाउने विषयमा झडप हुँदा १५ जना घाइते
०

रौतहट, असार १२ –
रौतहटको मौलापुरमा शनिबार बिहान खेतमा पानी लगाउने विषयमा झडप भएको छ । झडप हुँदा १५ जना घाइते भएका छन् । मौलापुर नगरपालिका १ स्थित मर्यादपुरमा मुलावी साहले हृदय यादवको खेतमा पानी लगाइदिएपछि विवाद हुँदा भएको झडपमा दुवै पक्षका गरी १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।
प्रहरी कार्यालय रौतहटका एसपी सिद्धिविक्रम शाहका अनुसार साह पक्षका ८ जना र यादव पक्षका ७ जना घाइते भएका छन् । उनीहरुको मौलापुरमै उपचार भइरहेको र सबै खतरामुक्त रहेको एसपी शाहले बताए । घटनामा संलग्न सबै घाइते भएका छन् । अहिले सबैको अवस्था खतरामुक्त रहेको र उपचार भैरहेको शाहले बताए ।
दोहोरो झडपका कारण मर्यादपुर केही समय तनावग्रस्त बनेको थियो । घटनास्थलमा थप सुरक्षाकर्मी खटाइएको शाहले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























