देश/प्रदेश

राष्ट्रिय परीक्षा बोर्डले थप्यो रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद

Banner

काठमाडौँ, असार १२–

विषम् परिस्थितिका कारण राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको छ।
बोर्डले यही २०७८ असार २० गतेसम्म रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद थप गरेको हो । यसअघि रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम बुझाउने म्याद चैत मसान्तसम्म थियो।

चैत मसान्तसम्म फारम बुझाउन छुट भएकाहरुलाई दोब्बर दस्तुर लिने गरी असार २० गतेसम्म म्याद थप गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पोखरेलले जानकारी दिएका छन् ।

बोर्डले जारी गरेको सूचनामा लेखिएअनुसार रजिष्ट्रेसनका लागि ८ सय र परीक्षा आवेदनका लागि एक हजार २०० रुपैयाँ लाग्ने छ । रजिष्ट्रेसन तथा परीक्षा आवेदन फारम सम्बन्धित विद्यालयहरुले राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरुमा बुझाउने व्यवस्था मिलाइएको छ ।

कक्षा १२ नियमित, आंशिक/ग्रेडवृद्धि (रजिष्ट्रेसन नम्बरका सुरुका दुई अंक ७० वा सोभन्दा माथि भएकाले) फारम बुझाउन सक्नेछन् । यसैगरी कक्षा ११ को आंशिक/ग्रेडवृद्धि मात्र (रजिष्ट्रेसन नम्बरका सुरुका दुई अंक, ७०, ७१, ७२, ७३, ७४, ७५ र ७६ भएका)ले फारम बुझाउन सक्ने बोर्डले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>