वागमती

काठमाडौंमा टिप्परको ठक्करबाट एक जनाकोे मृत्यु

Banner

काठमाडौं,असार ११-

काठमाण्डौको गोकर्णेश्वरमा टिप्परले ठक्कर दिँदा शुक्रबार बिहान एक जनाकोे ज्यान गएको छ । गोकर्णेश्वर नगरपालिका ९ जगडोलमा बा ४ ख ८२२९ नम्बरको टिप्परले ठक्कर दिँदा साइकलयात्री अन्दाजी ३० वर्षका एक पुरुषको ज्यान गएको प्रहरीले जनाएको छ ।

उनको परिचय भने खुलेको छैन । उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा ज्यान गएको हो । टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>