गण्डकी
पाँच वर्षीया भतिजीलाई बलात्कार गरेको आरोपमा काका पक्राउ
०
तनहुँ,असार १०-
भतिजीलाई जबरजस्ती करणी गरेको अभियोगमा तनहुँमा काका पक्राउ परेका छन् । पक्राउ पर्नेमा व्यास नगरपालिका–९ का ५३ वर्षीय व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
पाँच वर्षीया भतिजीलाई जबरजस्ती करणीको अभियोगमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । आमा घरमा नभएका बेला उनले बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिविरुद्ध जिल्ला अदालतबाट जबरजस्ती करणीको मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>