देश/प्रदेश
छुवाछुत आरोपमा पक्राउ परेकी घरबेटी रिहा, शिक्षा मन्त्रीले आफ्नै गाडीमा राखेर लगे
०
काठमाडौं, असार ९
जातीय कारणले कोठा नदिएको अभियोगमा पक्राउ परेकी घरबेटी रिहा भएकी छिन् । आज जिल्ला अदालत, काठमाडौंले घरबेटी सरस्वती प्रधानलाई छाड्न आदेश दिएको हो ।
उनलाई प्रहरी वृत्त, सिंहदरबारले तीन दिनअघि पक्राउ गरेको थियो । पीडित रुपा सुनारको जाहेरीका आधारमा उनलाई छुवाछुत सम्बन्धी ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको थियो ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको सहयोगमा नै घरबेटी प्रधानलाई रिहा गरिएको थियो ।
बबरमहलकी घरबेटी सरस्वती प्रधानलाई रिहा गर्न श्रेष्ठ प्रहरी कार्यालय पुगेका थिए । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीले गरेको अनुसन्धान अपूरो भएको भन्दै थप अनुसन्धान गर्न भनेपछि प्रहरीले उनलाई रिहा गरेको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























