देश/प्रदेश
दलित भन्दै कोठा नदिएको आरोपमा घरबेटी पक्राउ
०
काठमाडौं, असार ६ –
काठमाडौं उपत्यकामा दलित भन्दै कोठा नदिएको आरोपमा घरबेटी पक्राउ परेको छ । प्रहरीले बबबरमहल निवासी सरस्वती प्रधानलाई पक्राउ गरेको हो । उनीविरुद्ध संचारकर्मी तथा गायिका रुपा सुनारले प्रहरीमा उजुरी दिएकी थिइन् ।
महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट गएको प्रहरीले ५८ वर्षीया प्रधानलाई पक्राउ गरेको डीएसपी रमेश बस्नेतले बताए । उनीसँग अहिले प्रहरीले सोधपुछ गरिरहेको छ ।
प्रहरीले घरबेटी प्रधानविरुद्ध गत शुक्रबार जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको बताइएको छ । रूपा इमेज टेलिभिजनको उकाली ओराली कार्यक्रमकी प्रस्तोता हुन्। रूपाले आफूमाथि जातीय विभेद भएको भन्दै गत बिहीबार प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























