देश/प्रदेश
दृष्टिविहीन र अपाङ्गता भएका परिवारलाई सहयोग
०

गण्डकी, असार ६ –
एसओएस बालग्राम रामबजार पोखराका आमाहरूले नयाँ बजारमा बसोबास गर्दै आएका दृष्टिविहीन एवम् अपाङ्गता भएका परिवारलाई खाद्य सामग्री सहयोग गर्नुभएको छ ।
बालग्रामका संस्थापक हर्मनमाइनरको जन्मदिन एवम् ३५औँ एसओएस दिवसका अवसरमा आमाहरूले पाँच दृष्टिविहीन र ११ शारीरिक अपाङ्गता भएका परिवारलाई रु २५ हजार बराबर राहत सामग्री वितरण गर्नुभएको हो ।
एसओएस बालग्राममा कार्यरत २४ आमाले सामूहिक रुपमा सङ्कलित रकमबाट चामल, दाल, तेल, नुन, चिउरा, बेसार, मास्कलगायतका सामग्री खरीद गरी अपाङ्गता भएका परिवारलाई सहयोग गरिएको लक्ष्मीदेवी बाँस्तोलाले जानकारी दिनुभयो ।
निषेधाज्ञाका कारण रोजगारी गुमाएर भोकै बस्ने अवस्थामा पुगेका १७ परिवारलाई तत्कालका लागि खाद्यान्न सहयोग गरिएको उहाँको भनाइ छ । बालग्रामका १५ घरमा १५३ बालबालिका छन् । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























