देश/प्रदेश

चापाकल जडान गर्दा करेन्ट लागेर मिस्त्रीको मृत्यु

Banner

सप्तरी, असार ६ –

रुपनी गाउँपालिका–३ कटैयामा करेन्ट लागेर घाइते भएका एक ट्युबवेल मिस्त्रीको आज मृत्यु भएको छ । ट्युबवेल (चापाकल) जडान गर्दा करेन्ट लागेर सोही ठाउँका सञ्जीव लौगीको मृत्यु भएको स्थानीयवासी मिठु माझीले बताउनुभयो । उहाँका दाजु सुरेन्द्र लौगी घाइते हुनुहुन्छ । घाइतेको उपचार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भइरहेको छ ।

दुवै दाजुभाइ स्थानीय बचाइ माझीको घरआँगनमा ट्युबवेल जडान गरिरहेका थिए । माथि झुण्डिएको बिजुलीको तारमा फलामको पाइप छोइएर करेन्ट लागेको माझीले जानकारी दिनुभयो । करेन्ट लागेको थाहा पाएर छोडाउन गएका बचाइका छोरा शिवकुमार माझीसमेत सामान्य घाइते भएका छन् । शव परीक्षणका लागि आज राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>