देश/प्रदेश
कोरोनाले पूर्व सञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको निधन
०

काठमाडौं, असार ६ –
नेपाली काँग्रेसका नेता एवं पूर्व सूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ । उनको शनिबार राती ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममै निधन भएको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बताएका हुन् ।
कोरोना पुष्टि भएपछि बिष्टको भेन्टिलेटरमा उपचार भैरहेको थियो । गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार हुँदै आएको उनको राती निधन भएको हो । तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि जेठ २६ गते हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
नेपाली काँग्रेस सुर्खेतका पूर्व सभापतिसमेत रहेका बिष्ट तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री बनेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























