गण्डकी
बागलुङ बरेङ गाउँपालिकाको बजेट ३७ करोड ३४ लाख

बागलुङ,असार ५-
बागलुङ जिल्लाका १० पालिकमध्ये बरेङ गाउँपालिकाले आर्थिक वर्ष २०७८र७९ नीति तथा कार्यक्रमसहित बजेट गरेको छ । गाउँपालिकाकोे ७ औँ गाँउसभामा आज अध्यक्ष कृष्णप्रसाद शर्माले आर्थिक वर्ष २०७८/०७९ काको नीति कार्यक्रम प्रस्तुत गर्नुभयो । सोही अवसरमा गाउँपालिकाका उपाध्यक्ष दिलकुमारी पुनले रु ३७ करोड ३४ लाख ४७ हजार ४४० बराबरको बजेट प्रस्तुत गर्नुभयो ।
गाउँपालिकाले कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य क्षेत्रका लागि एक करोड १५ लाख तथा शिक्षा क्षेत्रका लागि रु एक करोड ९८ लाख बजेट बिनियोजन गरेको छ । त्यस्तै कृषि तथा पशुमा रु एक करोड ५० लाख बजेट विनियोजन भएको छ । स्वास्थ्यको बजेट कोरोना महामारीसँग जुध्न ५० लाख विनियोजन भएको प्रमुख प्रशासकीय रमेश थापाले जानकारी दिनुभयो । थापाका अनुसार ५० प्रतिशत योजना तथा कार्यक्रमलाई निरन्तरता दिइएको र २५ प्रतिशत नयाँ कार्यक्रम ल्याइएको छ ।
गाउँसभाबाट पालिकाभित्र कार्यरत सबै शाखा तथा वडाका करार कर्मचारीका लागि २०७८ साउनदेखि लागु हुनेगरी मासिक २ हजार वृद्धि गर्ने भएको छ । त्यस्तै विद्यालयमा कार्यरत कर्मचारी तथा बालशिक्षकका लागि मासिक १५ हजार, सामुदायिक सिकाइ केन्द्रका परिचालिकाका लागि ८ हजार २०० र लेखापालका लागि मासिक १६ हजार तलब गराइएको छ ।रासस

























