लुम्बिनी

गोमन सर्पको टोकाइबाट एक बालिकाको मृत्यु

Banner

दाङ, असार ४ –

देउखुरीमा सर्पको डसाइबाट आज एक बालिकाको मृत्यु भएको छ । गढवा गाउँपालिका–७ विजयपुर निवासी १२ वर्षीया रेश्मा बोहोराको मृत्यु भएको लमही अस्पतालले जनाएको छ ।

सर्पको डसाइबाट अचेत बनेकी रेश्माको गढवा सर्पदंश उपचार केन्द्रमा प्राथमिक उपचारपछि थप उपचारका लागि लमही अस्पताल ल्याइए पनि उनलाई अस्पतालमा ल्याएको केही क्षणमै चिकित्सकले मृत घोषणा गरेका थिए । बिहान साढे ७ः०० बजे गोठमा पराल लिन गएको समयमा गोमन सर्पले डसेको उनकी आमा सरिता बोहराले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>