अन्तर्राष्ट्रिय
ट्रम्पको समर्थनमा ओबामाकेयरलाई दिइएको चुनौती खारेज
०

असार ४ –
अमेरिकी सर्वोच्च अदालतले पूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको साथ पाएर रिपब्लिकन नेतृत्वमा रहेका राज्यहरूबाट पूर्व राष्ट्रपति बराक ओबामाको स्वास्थ्य सेवा नीतिमा आमूल परिवर्तनको माग गर्दै दिइएका चुनौतीलाई खारेज गरेका छन् ।
पुरातनवादीहरूप्रति अदालतको झुकाव रहेपनि नौ जना न्यायाधीशहरूमध्ये पक्षमा सात र विपक्षमा दुई जना उभिँदै राज्यहरूसँग कानुनी चुनौती दिने आधार नरहेको फैसला सुनाएका हुन् ।
कानुनले कम आय भएका दशौँ लाख अमेरिकीहरूलाई स्वास्थ्य बिमासम्मको पहुँच उपलब्ध गराउँछ। पहिला नै भएका स्वास्थ्य समस्याका कारण सेवा उपलब्ध नगराउनबाट यसले बिमा प्रदायकहरूमाथि प्रतिबन्ध लगाएको छ। बिहीवारको फैसलाले उक्त कानुनका मुख्य प्रावधान असंवैधानिक रहेको भन्ने दाबीबारे भने जवाफ दिएको छैन। बीबीसी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























