राजनीति
ब्रोड पिकमा ज्यान गुमाएका गुरुङ शव काठमाडौं ल्याइयो
०

काठमाडौँ, साउन २१-
पाकिस्तानस्थित ८०४७ मिटर उचाईको ‘ब्रोड पिक’ हिमाल आरोहणको क्रममा ज्यान गुमाएका पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को शव स्वदेश ल्याइएको छ। ब्रोड पिकको हिम पहिरोमा गुरुङ, निर्मल पुर्जासहित नेपाली ६ पर्वतारोहीसहित १० जनाले ज्यान गएको थियो । ज्यान गुमाएकामध्ये गुरुङको मात्रै शव नेपाल ल्याइपुर्याइएको हो ।
दशौंपटक सगरमाथाको सफल आरोहण तथा २८ पटक ८००० मिटरभन्दा अग्ला हिमाल सफलतापूर्वक आरोहण गरिसकेका गुरुङ गोरखाको लाप्राक गाउँका हुन् । उनको शवमाथि परिवार र आफन्तले फूलरमाला तथा खादा चढाएर श्रद्धाञ्जली दिएका छन् । नेपाल पर्वतारोहण संघले उनको शव श्रद्धाञ्जलीका लागि राखेको छ । श्रद्धाञ्जलीको क्रममा उनको शवमाथि राष्ट्रिय झन्डा ओढाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























