राजनीति
कांग्रेसको आधिकारिकता विवादको फैसलामाथि पुनरावलोकन हुने

काठमाडौँ, साउन २१-
सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघि गरेको फैसलामाथि पुनरावलोकन गर्न अनुमति हुने आदेश दिएको छ ।
प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा, न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले आज यसअघि गरेको फैसला पुनरवलोकन गर्न अनुमति हुने आदेश दिएको हो । अदालतको सो आदेशसँगै कांगे्रसको आधिकारिता विवादको फैसलामाथि पुनरावलोकन हुने भएको हो ।
कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा पुनरावलोकन गर्न माग गर्दै निवेदन दिनुभएको थियो । अदालतले पुनरावलोकन गर्न ‘निस्सा’ (अनुमति) प्रदान गरेको हो ।
यसअघि, न्यायाधीशहरू सारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले गत वैशाख ४ गते विशेष महाधिवेशनबाट चुनिएका सभापति गगनकुमार थापाको कार्यसमितिलाई मान्यता दिएको थियो ।

























