अन्तर्राष्ट्रिय

नदीमा तैरिरहेको बाकसभित्र भेटियो २१ दिनको बच्चा

Banner

भारत, असार ४ –

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकसभित्र एक बच्चा फेला पारिएको छ ।

सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको आवाज सुनेका हुन् । कसैले गंगाबाट बाकस बाहिर निकाल्ने आँट गरेनन्। बाकसभित्र बच्चा रोइरहेको सुनेपछि स्थानीय गुल्लु मल्लाह भने गंगामा पसे र बाकस किनारमा ल्याए।

बाकस खोलेर हेर्दा त्यहाँभित्र रातो कपडामा बेरिएकी एउटा बच्ची थिइन्। उनको शरिरमा कुनै चोट पटक थिएन बरू बाकसमा हिन्दु देवी दुर्गाको तस्बिर पनि टाँसिएको थियो।

बाकसको छेउमा ती बच्चीको नाम र जन्म मिति उल्लेख भएको कागज थियो। जसमा उनको नाम गंगा लेखिएको थियो भने जन्म मिति २५ मे २०२१ उल्लेख गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। ‘मैले गंगामातालाई कन्यादान गरेको छु,’ पनि लेखिएको कागजमा ‘ॐ’ र ‘जय माँ दुर्गा’ पनि लेखिएको छ । बच्चीलाई गुल्लुले आफ्नी छोरीजस्तै पाल्छु भनेर घर ल्याए। घरमा उनकी बुहारीले दूध खुवाएपछि बच्ची शान्त भइन्। त्यतिञ्जेलसम्म प्रहरीले पनि यो कुरा थाहा पाइसकेको थियो। प्रहरीले गुल्लुको घरबाट ती बच्चीलाई ल्याएर अस्पतालमा भर्ना गरेको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उनको सबै लालन-पालन राज्य सरकारले गर्ने बताएका छन्। उनले बच्चीको उद्धार गर्ने गुल्लुले मानवीयताको अनुपम नमूना देखाएकाले सरकारी सुविधा दिने घोषणा गरेका छन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>