देश/प्रदेश

‘होटलमा आबद्ध श्रमिकहरुलाई सरकारले तोकेको तलब दिन सक्दैनौँ ‘

Banner

काठमाडौं, असार ३ –

होटलमा आबद्ध श्रमिकहरुलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक दिन नसक्ने होटल संघ (हान) ले भनेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमलकुमार श्रीवास्तवलाई बुझाएको ज्ञापन पत्रमा संघले आगामी साउन एक गतेदेखि लागू हुनेगरी सरकारले तोकेको न्यूनतम पारिश्रमिक तत्काल कार्यान्वयन गर्न नसक्ने बताएको हो ।

संघले होटलको वर्तमान अवस्था ज्यादै नाजुक रहेकाले राजपत्रमा प्रकाशित श्रमिकहरुको नयाँ पारिश्रमिक लागू नगर्न विज्ञप्तीमार्फत आग्रह गरेका हुन्।

कोभिड महामारीका कारण पुरानै तलब समेत भुक्तानी गर्न नसकिएको संघले बताएको छ । अघिल्लो लकडाउनको समयदेखि नै होटलले स्तरअनुसार श्रमिकहरुलाई निश्चित परीणाममा मात्रै पारिश्रमिक उपलब्ध गराउने सम्झौता गरिसकेको छ । सम्झौताअनुसार श्रमिकहरुले पाउने पारिश्रमिक न्यूनतम पारिश्रमिकभन्दा थोरै परीणाममा छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>