देश/प्रदेश
काठमाडौं महानगरले मेलम्चीका बाढी पीडितलाई २ करोड दिने
०

काठमाडौं, असार ३
सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई काठमाडौं महानगरपालिकाले २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
महानगरका मेयर विद्यासुन्दर शाक्यले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेलम्ची र हेलम्बुका बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् ।
उक्त रकम बाढी प्रभावितको राहत तथा उद्धारका लागि खर्च गर्नका लागि दिइने मेयर शाक्यले बताएका छन् । हेलम्बु र मेलम्चीले काठमाडौंलाई पानी दिएको कारण पनि महानगरले सहयोग गरेको उनले बताएका छन् ।
मंगलबार राति पहिरोले थुनिएको मेलम्ची खोलामा बाढी आउँदा हेलम्बु र मेलम्चीका धेरै ३ र डुवानमा परेको छ र सयौं मानिस घरबारविहीन भएका छन् । बाढीले सडक, पुललगायतका सार्वजनिक संरचनामा पनि क्षति पुर्याएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























