देश/प्रदेश

१२ प्रजातिका बिरुवा रोपेर देवघाटमा मनाइयो चुरे संरक्षण दिवस

Banner

देवघाट, असार ३ –

तनहुँको देवघाटमा विभिन्न प्रजातिका बिरुवा रोपेर चुरे संरक्षण दिवस २०७८ मनाइएको छ । डिभिजन वन कार्यालय तनहुँ दमौलीको आयोजना तथा देवघाट गाउँपालिकाको समन्वयमा“चुरेको माटो चुरेलाई,सफा पानी सबैलाई” भन्ने मुल नाराका साथ देवघाट गाउँपालिकाको नवनिर्मित भवन र सिटी हल परिसरमा १२ प्रजातिका २०० भन्दा बढी बिरुवा रोपेर चुरे संरक्षण दिवस मनाइएको हो ।

देवघाट गाउँपालिकाको सिटि हलमा औपचारिक कार्यक्रम गर्दै दिवस मनाइएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै देवघाट गाउँपालिका अध्यक्ष दुर्ग बहादुर थापाले चुरे आम नागरिकको जीवन तथा सभ्यता भएको बताउनुभयो । चुरे क्षेत्रको संरक्षणमा सबै लाग्नुपर्नेमा थापाले जोड दिनुभयो । देवघाट क्षेत्रमा लियो क्लव अफ चौतारी देवघाटले सडकको वरपर धार्मिक विरुवा रोप्न लागेको अध्यक्षले थापाले बताउनुभयो ।

सोही कार्यक्रमलाई सम्वोधन गदैं देवघाट गाउँपालिका प्रवक्ता एवं देवघाट गाउँपालिका ५ वडाअध्यक्ष याल बहादुर गुरुङले चुरे वनको संरक्षण गर्न सबै नागरिकसँग आग्रह गर्नुभयो । यस्तै नेपाल कम्युनिष्ट पार्टी एमाले देवघाट कमिटि अध्यक्ष केशव न्यौपानेले चुरेले माया गरेर बचाउ भनि रहेको बेला हामी त्यसको अतिक्रमणमा लागेको भन्दै अतिक्रमण रोक्न हामि सबै लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा देवघाट वुद्धिजिवी परिषद्का अध्यक्ष डाक्टर सुरेन्द्र श्रेष्ठ,इलाका प्रहरी कार्यालय देवघाट तनहुँका इन्चार्ज सुसिल लामिछाने,देवघाट गाउँपालिका कार्यक्रम संयोजक कृष्णराज पन्थ इलाका वन कार्यालय देवघाट तनहुँका प्रमुख नवराज घिमिरे ,लियो क्लव अफ चौतारी देवघाट,स्थानियवासी लगायत १०० भन्दा बढीको उपस्थिति रहेको थियो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>