वागमती

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Banner

मध्यपुरथिमि,असार ३ –

मध्यपुरथिमि नगरपालिका–४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

गए राति करिब ११ः०० बजेतिर काठमाडौँबाट भक्तपुर जाँदै गरेको बा७७प ५६०५ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोलुखुम्बु चौलाखर्कका २७ वर्षीय रमेशकुमार बस्नेतको आज बिहान मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा आज बिहान साढे २ः०० बजे मृत्यु भएको गिरीले बताउनुभयो । दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका उदयपुर ताप्ले गाउँपालिका–५ घर भई काठमाडौँ काडाँघारी बस्ने २२ वर्षीय लोकेन्द्र मग्राती र सिन्धुली तीनपाटन गाउँपालिका–५ घर भई काठमाडौँ काँडाघारी बस्नेत २५ वर्षीय अमित जैरु घाइते भई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>