नवलपुर

नवलपुरको बौदीकालीमा निर्माणाधीन पक्की पुल बाढीले बगायो

Banner

नवलपुर,असार २-

नवलपुरको बौदीकाली गाउँपालिकामा निर्माणाधीन पक्की पुल बाढीले बगाएको छ । बौदीकाली गाउँपालिकाको वडा नम्बर १ र २ जोड्ने सेरा पुल बुधबार दिउँसो बाढीले बगाएको प्रमुख प्रशासकीय अधिकृत प्रदीपचन्द्र सुवेदीले दिए । उनका गण्डकी प्रदेश सरकारको ३ करोड ५० लाखको लागतमा पुल निर्माणाधीन छ ।

पुलको स्लाब ढलानको काम हुँदै गर्दा पुल बगाएको हो । अर्को महिना पुलबाट गाडी हिँडाउन मिल्थ्यो काम नसकिँदै बग्यो । पानीले पुलको दुबै पिल्लर हल्लाएर भासिएपछि पुलको माथिल्लो भाग खोलामा खसेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>