देश/प्रदेश

एल्को कम्पनीले निशुल्क अनलाइन वेब डेवलपिङ्ग तालिम सञ्चालन गर्ने

Banner

चितवन, असार २ –

लामो समयदेखि वेबसाइट डेवलपरको रुपमा काम गर्दै आएको एल्को कम्पनीले कोरोना भाइरस (कोभिड १९) को प्रकोपका कारण भएको बन्दाबन्दी समयलाई सदुपयोग गराउने उद्देश्यले निशुल्क अनलाइन वेब डेवलपिङ्ग तालिम सञ्चालन गर्ने भएको छ।

कम्पनीले आउँदो असार ५ गते शनिबारको दिनदेखि उक्त तालिम सञ्चालन गर्ने भएको हो। त्यस्तै यो तालिम हरेक शनिबार बिहान ११ बजेदेखि १ बजे सम्म सञ्चालन हुनेछ। तालिम विशेष गरी साना साथै मझौला व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यक्ति र कम्पनिका लागि लक्षित गरिएको आयोजक कम्पनीले जानकारी दिएको छ।

अहिले बन्दाबन्दीमा विशेषगरी धेरै व्यापार व्यवसाय ठप्प रहेका र आगामी दिनमा के कसरी सञ्चालनमा ल्याउने र लामो समय बन्द रहेका कारण पुनस् पहिलाकै गति समात्न चिन्ताको विषय बनेको छ। यसैलाई मध्यनजर गर्दै एल्को कम्पनीले व्यवसायीलाई हौसला प्रदान गर्न र बजारीकरणमा सहजता ल्याउनको लागि वेब डेवलपिङ्ग तालिम सञ्चालनमा ल्याउन लागेको हो।

कुनै पनि व्यापारी, फ़्रिलेन्सर फोटोग्राफर, नाफा मुलक अर्थवा गैर नाफा मुलक संस्था सँग सम्बन्धित केहि कुरा भन्नको लागि (जनमानस सम्म पुराउन) वा आफ्नो व्यवसाय प्रवर्द्धनको लागि वेबसाइट बनाउन चाहनेका लागि ल्याइएको यो तालिमले सहयोग पुग्ने कम्पनीको ठम्याइ छ । प्रभावकारी ढंगले आफ्नो व्यवसाय वा जुनसुकै क्षेत्रको लागि वेबसाइट बनाउन कहाँ, कसले, कसरी बनाउँछ भन्ने अलमलमा रहेकाहरुको लागि अनगिन्ती निशुल्क अनलाइन टुल छन् जसको लागि विशेष रूपमा प्राविधिक पृष्ठभूमि वा प्रोग्रामिङ ज्ञान नभएकाहरूले पनि वेबसाइट बनाउन सक्छन।

हिजो आज नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको महत्व पनि बढ्न लागेको छ । त्यसैले अहिलेको प्राविधिक युगको आवश्यकतालाइ बुझेर एल्कोले सञ्चालन गर्न लागेको यो तालिम मार्फत आफ्नो व्यवासयलाई अनलाईन प्ल्याटफर्ममा ल्याएर सहज र प्रभावकरी ढंगले बजारीकरण र व्यवसाय प्रवर्द्धनमा सहयोग पुराउने कम्पनीले आशा गरेको छ। यो तालिमलाई सधैँ हरेक शनिबारको दिन निरन्तरता दिने कम्पनीले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>