गण्डकी

स्याङ्जामा जीप दुर्घटना हुँदा एकको मृत्यु

Banner

वालिङ,असार २ –

आज बिहान स्याङ्जाको भीरकोट नगरपालिका–४ दभुङठाँटीमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने छजना घाइते भएका छन् । बानेथोकबाट बयरघारीतर्फ आउँदै गरेको ग१ज ४९४० नं.को जीप बिहान १०ः१५ बजे भीरकोट–४ दभुङठाँटीमा दुर्घटना हुँदा जीपमा सवार भीरकोट–३ का ३६ वर्षीय गणेशजङ्ग अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । घाइते अवस्थामा उद्धार गरेर भीरकोट नगर अस्पताल पु¥याइएपछि अस्पतालले मृत घोषणा गरेको थियो ।

ग्रामीण कच्ची बाटोबाट जीप झण्डै पाँच मिटर तल खस्दा जीपमा सवार भीरकोट– ३ का मनु भन्ने विकास थापा (जीप चालक), सोही स्थानका ४० वर्षीय रेशम परियार, ४६ वर्षीया प्रतिमा परियार, ४८ वर्षीय रुकबहादुर परियार, २८ वर्षीया सोनी श्रेष्ठ, पुतलीबजार नगरपालिकाकी २४ वर्षीय दिनेश परियार घाइते भएका छन् । घाइतेको अवस्था मध्यम रहेको बताइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>