गण्डकी
गोरखामा खोलाले बगाउँदा एक बेपत्ता
०

गोरखा,असार १-
गोरखाको मान्बुस्थित ठोट्नेरी खोलामा आएको बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन्। आरूघाट गाउँपालिका वडा नम्बर २ कटुन्जे जान लागेका बर्दियाका करिब ३८ वर्षका गोविन्द चौधरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।
चौधरी ट्रक मर्मतका लागि जाँदै गर्दा खहरे खोलमा आएको बाढीले बगाएको थियो। चौधरीको टोलीमा तीन जना थिए। अरू दुई जना भने सकुशल रहेको प्रहरीले जनाएको छ। आज बिहान करिब साढे ७ बजेतिर खोला तर्ने क्रममा चौधरीलाई बगाएको थियो। बेपत्ता भएका चौधरीलाई खोजि गर्न घटनास्थलमा प्रहरी पुगेको छ र स्थानीय बासिन्दाले पनि सहयोग गरिरहेका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























