गण्डकी
दुई महिनाभित्र तेस्रो पटक मन्त्री बन्दै दीपक मनाङ्गेको ह्याट्रिक
०

काठमाडौं,जेठ २९-
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तारको तयारी थालेका छन् । उनले यही असार १ गतेभित्र बजेट ल्याउनुपर्ने बाध्यकारी कानुनी व्यवस्थाका कारण तत्काललाई सानो मन्त्रिमण्डल बनाउने भएका छन् । मुख्यमन्त्री पोखरेलले आफूलाई समर्थन गर्ने दलबाट एक–एक जनालाई मन्त्री बनाएर बजेट ल्याउने गरी अगाडि बढ्ने बताएका छन् ।
गण्डकी प्रदेशसभामा प्रतिनिधित्व गर्ने जनता समाजवादी पार्टी ९जसपा०बाट संसदीय दलका नेता हरिशरण आचार्य, काँग्रेसबाट कुमार खड्का, माओवादी केन्द्रबाट मधुमाय अधिकारी गुरुङ र स्वतन्त्र सांसद राजीव गुरुङ ९दीपक मनाङे० लाई मन्त्री बनाउन छलफल गरेको बुझिएको छ । दीपक मनाङले दुई महिनाभित्र तेस्रो पटक मन्त्री बन्न लागेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























