प्रदेश २

वीरगञ्जमा झोलुङ्गे पुल भत्कँदा आवतजावतमा समस्या

Banner

वीरगञ्ज,जेठ २९- 

पश्चिमी पर्साको कालिकामाई गाउँपालिकाको मुडली र तुल्सीवर्वाको बीचमा सिक्टा नदीमा निर्माण भएको झोलुङ्गे पुल भत्किन शुरु गरेको छ । सिक्टा नदीमा साढे ७८ लाख रुपैयाँको लागतमा २०७५ असार २५ गते निर्माण सम्पन्न भएको ९८ मिटर लामो र चार फिट चौडाइको सो झोलुङ्गे पुल भत्किन शुरु गरेको हो ।

भौतिक पूर्वाधार कार्यालय पर्सा वीरगञ्जका सूचना अधिकारी दिपक मिश्रका अनुसार उपभोक्ता समितिले २०७४ असार १५ गते निर्माण सम्पन्न गर्ने शर्तमा २०७३ वैशाख २३ गते सम्झौता गरेको थियो तर काम सम्पन्न नभएपछि एक वर्ष म्याद थप गरी २०७५ असार २५ गतेसम्मको म्याद लिई पुल निर्माण गरेको थियो । कालिकामाई गाउँपालिकाको रविदास र छिपहरमाई गाउँपालिकाको बन्जारी जोड़ने उक्त झोलुङ्गे पुलको शुरुको भाग भत्किंदा सो बाटो भएर आवतजावत गर्न समस्या भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>