गण्डकी

मुस्ताङमा पहिलोपटक स्याउ खेती सुरु गर्ने स्याउ बाजेको मृत्यु

Banner

जोमसोम,जेठ २८-

मुस्ताङका स्याउ बाजे भनेर चिनिने बुद्धिरत्‍न शेरचनको बिहीबार साँझ काठमाडौँमा निधन भएको छ । मुस्ताङको थासाङ गाउँपालिका—२ कोवाङ पुर्ख्यौली घर भइ लामो समयदेखि काठमाडौँ महानगरपालिका-३१ पुरानो बानेश्वर बसोबास गर्दैआएका शेरचनको ८३ वर्षको उमेरमा निधन भएको हो ।

१९९६ सालमा मुस्ताङको कोवाङमा जन्मिएका स्याउ बाजे शेरचनले मुस्ताङको हावापानीमा स्याउ फलाउन सकिन्छ भनेर मुस्ताङमा पहिलो पटक व्यवसायीक रुपमा स्याउ फलाउन थालेका थिए । २०२८ को दशकअघि हिमाली जिल्ला मुस्ताङमा स्याउ खेती गर्ने प्रचलन थिएन । उनैको पहलमा मुस्ताङमा स्याउ खेती सुरु भएको थासाङ-१ टुकुचेका समाजसेवी पथबहादुर थकालीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>