चितवन विशेष

माडीकी उपमेयर महतोलाई कोरोना संक्रमण

Banner

चितवन, जेठ २५–

माडी नगरपालिकाकी उपमेयर तारा कुमारी काजी महतोलाई कोरोना भाइरस संक्रमण भएको छ । केहीदिन देखि अस्वस्थ रहेकी उपमेयर महतोले स्वाब परीक्षण गराएकी थिइन् ।

उनको आज पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको उपमेयर महतोले जानकारी दिइन् । उपमेयर महतो कोरोना कहरकाबीच नियमित जनताको काममा खटिदै आएकी थिइन् । केही दिन यता माडीमा कोरोना संक्रमणदर अझै घटेको छैन । जिल्ला स्वास्थ्य कार्यालय चितवनको तथ्यांक अनुसार आज माडीका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ जनाको एन्टिजेन र ३ जनाको पीसीआर परीक्षणबाट संक्रमण पुष्टि भएको हो ।

आजसम्ममा माडीमा ९५ जना सक्रिय संक्रमित छन् । जसमध्ये ६ जना अस्पताल भर्ना भएका छन् । माडीमा हालसम्म ४०६ जनामा कोरोना संक्रमण भएको छ । जसमध्ये ३०३ जना निको भइसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>