चितवन विशेष

सशस्त्र प्रहरीलाई मातृभूमिको स्वास्थ्य सामग्री

Banner

चितवन, जेठ २५–

सामाजिक संस्था मातृभूमि चितवनले सशस्त्र प्रहरी बल आँपटारी चितवनलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच मातृभूमिका संयोजक सरोज घिमिरेले सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक (डीएसपी) सुशील शाहीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।

निषेधाज्ञा कार्यान्वयन गराउने सिलशिलामा सशस्त्र प्रहरी समेत सडकमा उत्रिनु परेकाले स्वास्थ्य सामग्री सहयोग गरिएको संयोजक घिमिरेले बताए । उनले मास्क र स्यानिटाइजर सहयोग गरिएको बताए । आगामि दिनमा थप सहयोग जारी राख्ने घिमिरेले प्रतिवद्धता जनाए ।

स्वास्थ्य सामग्री उपलब्ध गराएकोमा (डीएसपी) शाहीले मातृभूमि चितवनलाई धन्यवाद दिँदै यस्तै सहयोगको अपेक्षा गरे । मातृभूमि चितवनले कोरोना कहरका बेला जिल्ला प्रहरी कार्यालय चितवन र भरतपुर अस्पताललाई अक्सिमिटर र थर्मोमिटर सहयोग गरेको थियो भने कोरोना संक्रमितहरुलाई पौष्टिक आहार समेत वितरण गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>