Breaking News
चितवनमा कोरोनाबाट १३ महिनाकी बालिकाको मृत्यु
०

चितवन, जेठ २५–
चितवनमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट १३ महिनाकी बालिकाको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत रामपुर–५, पाल्पाकी १३ महिनाकी बालिकाको आज (मंगलबार) विहान मृत्यु भएको अस्पतालले जनाएको छ । गयराति अस्पताल ल्याएकी ती बालिकाको विहान ३ः०५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
ती बालिकामा जेठ २३ गते पाल्पामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस पश्चात थप उपचारका लागि उनलाई चितवन ल्याइएको थियो ।
कोरोनाबाट चितवनमा यसअघि १० वर्ष मुनिका एक जनाको मात्रै मृत्यु भएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























