खैरहनी

कोरोना नियन्त्रणका लागि खैरहनी नगरपालिकालाई विभिन्न संघसंस्थाको सहयोग

Banner

चितवन, जेठ २४-

कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि पूर्वी चितवनको खैरहनी नगरपालिकालाई विभिन्न संघसंस्थाले नगद तथा स्वास्थ्य सामग्री सहयोग गरिरहेका छन् ।

यसै क्रममा आज सोमबार बीएसपी नेपालले नगरपालिकालाई स्वास्थ्य सामग्री पीपीई सहयोग गरेको हो । बीएसपी नेपालका प्रतिनिधीहरुको टोलीले खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरीलाई २०० थान पीपीई हस्तान्तरण गरेको हो ।

पीपीई ग्रहण गर्दै नगर प्रमुख चौधरीले विपदको बेला सबैको हातेमालो आवश्यक पर्ने र यस्तो सहकार्यले विपदलाई पराजित गर्न सकिने भन्दै सहयोगी संस्थालाई धन्यवाद दिए । कोरोना संक्रमण पछि खैरहनी नगरपालिकाले खैरहनी नगरपालिका प्रकोप व्यवस्थापन कोष बनाएको छ । जसमा आर्थिक सहयोग पनि भइरहेका छन् । नगरपालिका आर्थिक प्रशासन शाखा प्रमुख लेखा अधिकृत केशव हुमागांइँका अनुसार पर्सा साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले ५० हजार ५५५ रुपैयाँ, छिमेक लघुवित्त वित्तिय संस्था लिमिटेडले २५ हजार रुपैयाँ सहयोग गरेका छन् । आर्थिक बाहेक सो नगरपालिकालाई स्वास्थ्यय सामाग्री पनि सहयोग भईरहेको छ । नगरपालिका स्वास्थ्य शाखा उपप्रमुख रुद्र शर्माका अनुसार लायन्स क्लब अफ चितवन इष्टले तीन लिटरको अक्सिजन कन्सन्टेटर एक थान र मल्टि पारामिटर मोनिटर एक थान सहयोग गरेको छ । त्यस्तै उद्योग वाणिज्य संघ खैरहनीले फिर्ता गर्ने गरि २० थान अक्सिजन सिलिण्डर,सेफ स्टिलले २ थान सिलिण्डर, एआई मेटल, महाशक्ति वर्कसप, यति बु्रअरी,बाबा ग्यासले समान एक एक थान अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । यसै गरी युवा संघ खैरहनी नगर कमिटीले ६७५ थान मास्क, १० लिटरको सेनिटाइजर,नेफ्स कफीले एक थान सेन्सर सेनिटाइजर मेसिन सहयोग गरेको स्वास्थ्य शाखा उपप्रमुख शर्माले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>