रोचक

निषेधाज्ञामा युवती लिएर स्वयम्भूमा ‘डेटिङ’ जाने कर्मचारीलाई कारवाही गरिने

Banner

काठमाडौं,जेठ २१-

निषेधाज्ञामा अनुमति पत्रबिना डुल्न पाइँदैन । तर, केही दिनअघि स्वयम्भूमा अचम्मकै दृश्य देखियो । प्रदेश ३-०१-००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर एक सरकारी कर्मचारी युवक स्वयम्भूमा एक युवतीसहित पुगेको दृश्य भाइरल बन्यो ।त्यसपछि उक्त गाडीसहित सवारी हुने जोडीको पहिचान अघि बढाइयो । र, पहिचानका क्रममा युवती लिएर पुग्ने सरकारी कर्मचारी फेला परे–शहरी विकास मन्त्रालयका आयोजना प्रमुख  ।

दोस्रो चरणको कोरोना संक्रमण रोकथामका लागि जारी निषेधाज्ञा उल्लङ्घन गर्दै ‘डेटिङ’ मा रमाउनेलाई गृह मन्त्रालयले कारवाही गर्न निर्देशन दिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई पत्र लेख्दै मन्त्रालयले अनुसन्धान गरी  कारवाहीसहितको विवरण समेत पठाउन निर्देशन दिइएको छ ।

पत्रप्राप्त भएसँगै अनुसन्धान अघि बढाइएको जिल्ला प्रशासन काठमाडौंले जनाएको छ । गत आइतबार शहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास विभागको नयाँ सहर आयोजना प्रमुख तथा उपसचिव  युवती लिएर स्वयम्भू पुगेका थिए ।

निषेधाज्ञा उल्लंघन गरेर स्वयम्भु पुगेका प्रेमजोडीबीच प्रेमालापमा रमाइरहेको भिडियो सार्वजनिक भएपछि उक्त भिडियो भाइरले बनेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>