Breaking News

चितवनका साहसी नर्सः जोखिम मोलेर कोरोना संक्रमितको उपचारमा दिनरात नभनी खटिन्छन्

Banner

मनिका विश्वकर्मा,

चितवन, जेठ २०-

पुरानो मेडिकल कलेजमा कोभिड सुपरभाइजर नर्स दिक्षा ढुंगानाले अस्पतालमा सेवा दिन लागेको दुई वर्ष पूरा भएको छ । सेतो पीपीई, हातमा पञ्जा, अनुहारमा फेससिल्ड, मुखमा दुईवटा मास्कसहित मन्द मुस्कानसँगै दिक्षा कोरोना बिरामीको हेरचाहमा दिनरात नभनी खटिन्छन् ।

नेपालमा कोरोना भित्रिएसँगै उनी पनि सर्तक रहँदै आएकी छन् । चितवनमा पनि कोरोनाको बिरामी बढेपछि उनलाई थप ड्युटीमा खटिनु प¥यो । पहिलो कोरोनाको समयमा सेवा दिँदा उनी पनि आफँै संक्रमित भएकी थिइन् । चितवनमा कोरोना संक्रमितको सम्पर्कमा रहनाले नै दिक्षाको रिपोर्ट पोजेटिभ आएको थियो । उनलाई त्यो समय धेरै डर लागेको थियो । त्यो समय संक्रमितको संख्या कम भएकोले पनि उनी घरमा नै आइसोलेशनमा बसेर निको भएकी थिइन् ।

त्यसपछि चितवनमा नै कोरोनाको बिरामी संख्या बढ्न थाल्यो । अहिले उनी तलदेखि माथिसम्म पूरै पीपीईले ढाकिएको र मुखमा दुईवटा मास्क, हातमा पञ्जा लगाउने गर्छिन् । उनले स्वास्थ्य मापदण्ड अपनाउन कुनै कसर बाँकी राखेकी छैनन् । अस्पतालका केही बेडमा भेन्टिलेटरसहितको आईसीयूमा बिरामीहरु अक्सिजनको अलि अभावमा लामो लामो सास फेर्दै थिए । उनी पनि न केही हुने होकी कसरी बचाउने भनेर लागिपरेकी थिइन् ।

कोभिडबाट बच्ने खोप लगाएपछि उनलाई पहिले जस्तो अहिले कोरोनादेखि डर लाग्दैन । ड्युटीको समयमा इन्टरनेट चलाउने नियम नभएकोले उनी काम सक्किएपछि मात्र मोबाइल चलाउँछिन् । १२ घण्टाको ड्युटी सक्किएपछि इन्टरनेट खोल्ना साथ जेठ १३ गते राति भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण, ज्यान जोगाउन एकतलाबाट हामफाले भन्ने समाचार आयो । उनी एकछिन त चुपचाप रहिन् । रिस पनि उठ्यो । उनले भनिन्, ‘हामी बिरामीको ज्यान जोगाउन आफूलाई नै जोखिममा राखेका छौं । बिरामीको ज्यान जानुमा हाम्रो केही गल्ती हुदैन । त्यस्तालाई सरकारले कारबाही गर्नुपर्छ ।’

‘आफ्नो परिवारलाई जोखिममा राखेर आफैँलाई जोखिममा राखेर काम गर्नुपर्छ । बिरामीको लागि हामी अस्पताल आएका छौं । आफ्नो तर्फबाट शत प्रतिशत बिरामीलाई हेरिरहेका छौ । आफूले दुःख गर्दागर्दै पनि यस्तो हामी प्रति गलत गर्नु ज्यादै ज्यादती भएको हो ।’ उनले भनिन् ।

गर्मीको समयमा पीपीईसाथै फेससिल्ड लगाएर काम गर्न उनीहरु साह्रै समस्या हुन्छ । सुजता अधिकारी पनि पुरानो मेडिकल कलेजमा नै बिरामीहरुको उपचारमा लागिपरेकी छन् । सुजताको ससुरा पनि कोरोनाको कारण सोही मेडिकल कलेजमा बितेका थिए । भरतपुरमा घर रहेकी सुजाता पनि दिनमा १२ घण्टा नै सेवामा खटिन्छन् । सुजतालाई अहिलेसम्म कोरोना भने देखिएको छैन । उनले भनिन्र्, ‘आफूलाई कोरोना नहुँदा सासुससुरालाई नै कसरी कोरोना भयो थाहा छैन । ससुरा बुबाको पनि कोरोना नै गर्दा सो मेडिकल कलेजमा नै बित्नुभयो । त्यो समय म पनि ड्युटीमा नै थिए । बुबालाई बचाउन धेरै कोसिस गरौं । उहाँलाई बचाउन सकिएन् ।’

घरकै परिवारलाई ठूलो समस्या भएकोले उनी एक महिना बिदामा बसिन् । महिनावारीको समयमा ड्युटी गर्न धेरै समस्या हुने उनले बताइन् । बिरामीको संख्या अनुसार नै नर्सहरुलाई काममा खटाइने गरेको उनको विचार थियो । यो महामारीको समयमा घरपरिवारसँगै सबैको साथ सहयोग आवश्यक रहने उनले बताइन् र्। कोरोना विश्वमा नै फैलिरहेको अवस्था छ यो बेला हामीलाई झन् धेरै समस्या रहेको छ । तर केही कोभिडका बिरामी बित्दा हामीलाई दोष दिनु र हातपात गर्न खोज्नु गलत हो । हामीले हाम्रो तर्फबाट सक्दो साथ सहयोग गरिरहेका छौं ।’

बिरामीहरुलाई गाह्रो हुँदा धेरै स्याहार गर्न मन लाग्छ । हाम्रो लागि अस्पतालमा एक बिरामी गयो भन्ने होला तर उहाँहरुको परिवारलाई त सबै भन्दा धेरै पीडा खप्नुपर्छ नि त्यसैले पनि धेरै सहयोग गर्न मन लाग्छ ।’ सुजताले सुनाइन् ।

यस्तै चितवन मेडिकल कलेजमा नर्सको रुपमा काम गर्ने सजिना लामा पनि १२ घण्टा नै ड्युटीमा खट्न्छिन् । उनलाई महिनावारी भएको समयमा धेरै असहज अनुभव हुन्छ । चितवनमा कोरोना संक्रमितको संख्या बढेसँगै चितवन मेडिकल कलेजमा कोरोनाका बढी बिरामीहरु राखिएकोले थप सेवा दिनुपर्ने उनले बताइन् । पीपीईसँगै तीन÷चार वटा कपडा लगाउनुपर्ने भएकोले उनलाई धेरै असहज महसुस हुने उनले अनुभव सुनाइन् । उनले भनिन्र्, सुरक्षाको लागि पीपीई लगाउनु त पर्छ तर महिनावारीको समयमा धेरै असहज हुन्छ । प्याड फेर्न पनि गाह्रो हुन्छ ।’

कोरोना बिरामीको लागि हामी जुटिरहेको र नर्सको लागि पनि सरकारले प्रोत्साहन दिएकोले अलि काम गर्न सहज भएको उनले बताइन् । चितवनमा कोरोना नबढ्दा उनी घरबाट नै अस्पताल आउनेजाने गर्थिन् । कोरोना बढेपछि उनी अस्पताल नजिकै नै भाडामा कोठा लिएर बस्छिन् । १२ घण्टा काम गर्ने नर्सहरुको लागि अस्पतालमा नै खानाको व्यवस्था गरेकोले उनीहरुलाई सहज भएको छ । चितवनको गर्मीमा पीपीईसहित थप सेतो पहिरनले उनीहरुलाई उकुसमुकुस बनाएको छ । गर्मी, पसिना, भोक र प्यासको कुनै परवाह नगरी निरन्तर बिरामीको सेवामा खटिरहनु उनीहरुको दैनिकी बन्ने गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>