देश/प्रदेश

फोहोरको थुप्रोमा आगो बालेको विषयमा कुटपिट, १२ वर्षीया बालिकाको मृत्यु

Banner

धनुषा, जेठ ४-

धनुषामा कुटपिटबाट १२ वर्षीया बालिकाको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका-९ क्वाटर टोलमा छिमेकीको कुटपिटबाट १२ वर्षीया बालिकाको मृत्यु भएको हो ।

कुटपिटबाट गम्भीर घाइते भएकी लालबाबु कापरकी छोरी १२ वर्षीया छोरी ललिता कुमारी कापरको ललिताको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा निधन भएको थियो ।

प्रहरीले कुटपिटमा संलग्न सोही ठाउँका ६५ वर्षीय प्रेमबहादुर तामाङलाई आज (शुक्रबार) बिहान पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गत वैशाख २७ गते ललिताले आफ्नै फुपुको बारीमा रहेको फोहोरको थुप्रोमा आगो बालेको विषयमा प्रेमबहादुरले कुटपिट गरेका थिए।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>