Breaking News

बजेटमा चितवनलाई विशेष प्राथमिकता, पेट्रोलियमा पाइपलाइनदेखि पानी जहाज सञ्चालनसम्मलाई करोडौं बजेट

Banner

चितवन, जेठ १५-

अर्थमन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत् आज सार्वजनिक गरेको बजेटमा चितवनलाई विशेष प्राथमिकतामा राखिएको छ । चितवनमा धार्मिक धाम बनाउने देखि अन्य भौतिक पूर्वाधारहरु बनाउनेसम्मका योजनाहरु विशेष प्राथमिकतामा परेका छन् ।

आगामी आर्थिक वर्षको लागि सरकारले ल्याएको बजेटमा प्रमुख शहरहरू बीचको दूरी अधिकतम् २ घण्टाको हुने गरी सडक बनाउने घोषणा गरेको छ । चितवन भएर जाने पूर्व–पश्चिम राजमार्गको विस्तार गर्न १५ अर्ब ३४ करोड बजेट विनियोजन गरेको छ । यसअघि नारायणगढ–बुटवल सडक र नारायणगढको पुलचोकदेखि गोन्द्राङसम्मको सडक विस्तारको काम सुरु भइसकेको छ । सडकहरुलाई अधिकतम् गतियुक्त, सुरुङमार्ग, उचाईयुक्त पुल, फ्लाइओभर वन्यजन्तुमार्गसहित बनाउने घोषणा बजेटले गरेको छ । नारायणगढको पुलचोकमा आर्क ब्रिज बनाउने कामलाई पनि बजेटले प्राथमिकतामा राखेको छ ।

बजेटमा सबै सडकको जीआईएस म्यापिङ तयार गर्ने र चुरे क्षेत्रमा टनेल बनाउने घोषणा पनि गरिएको छ । चितवनमा पर्यटन पूर्वाधारको विकास गर्नमा बजेटले प्राथमिकता दिएको छ । चितवनमा कृषि क्षेत्रको विकासको लागि सिंचाइँका विभिन्न कार्यक्रमहरु, कार्वन उत्सर्जन न्यूनीकरणका लागि भनेर बजेट बिनियोजन गरिएको छ ।

अमलेखगन्ज र चितवनको लोथरसम्म पेट्रोलियमा पाइपलाइन जोड्ने गरी सरकारले आगामी आर्थिक वर्षको बजेटमा प्राथमिकतामा राखेको छ । चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयका आंगिक क्याम्पस विस्तारमा सरकारले प्राथमिकता दिएको छ ।

वैशाखको रामनवमीमा माडीमा विशेष पूजासहित राम, सीता र हनुमानको मूर्ती प्रतिस्थापन गरिएको थियो । यस क्षेत्रलाई अयोध्याधाम बनाउने गरी राम मन्दिर निर्माणका लागि सरकारले आवश्यक बजेट विनियोजन गरेको छ । चितवन, तनहुँ र नवलपुरको संगम मानिएको देवघाट क्षेत्रको विकासमा सरकारले आवश्यक बजेट बिनियोजन गरेको छ ।

चितवनमा विस्तार हुँदै गएको कृषि क्षेत्रको बजारीकरणमा सहयोग पुग्ने गरी चितवनको रत्ननगरमा कृषि थोक बजार स्थापना गर्ने गरी सरकारले बजेट बिनियोजन गरेको छ । पूर्वपश्चिम रेलमार्गको विस्तार, नारायणीमा पानी जहाज सञ्चालनको लागि जलमार्ग निर्माण, भरतपुरको तार भूमिगत गरिने, भरतपुर विमानस्थलको स्तरोन्नति जस्ता कार्यक्रमलाई पनि सरकारले विशेष प्राथमिकता दिएको छ । यस्तै चितवन जिल्ला अदालतको भवन निर्माणलाई पनि सरकारले बजेट बिनियोजन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>