Breaking News

चितवनमा दलित भन्दै आमाछोरामाथि निर्घात कुटपिट, वडा अध्यक्षमार्फत मिलापत्र गर्न दबाब

Banner

मनिका विश्वकर्मा

चितवन, जेठ १२ –

पूर्वी चितवनको राप्ती नगरपालिका वडा नं ९ मा दलित भन्दै गैरदलित परिवारले आमाछोरालाई कुटपिट गरेको छ ।

घटनाक्रम

दुई छोरी र एक छोराका आमा कल्पना परियार एकल महिला पनि हुन । कल्पनाले श्रीमान बितेपछि घरको आर्थिक कारोबारसहित छोराछोरीको पढाई सबै हेर्दै आएकी छिन । पेशाले उनी किसानी हुन । गत मंगलबार पनि उनी बारीको काम सक्काएर साझको समयमा उनी बस्तुभाउलाई घाँस दिंदै थिईन ।  गाँउमा पैसा चोरी भएको भन्दै एक्कासी गाँउमा हल्ला आयो । पैसा हराएका छिमेकको घर सेते श्रेष्ठको घर नजिकै नै थियो ।

कल्पनाले सेते श्रेष्ठसंग आर्थिक लेनदेन गरेर केही महिनाअघि नै सबै रकम बुझादिइसकेकी थिइन् । कल्पना पनि छोरीलाई बाख्रा खोरमा हाल्नु है भनेर उनी दौडिदै सेतेको घर पुगिन । त्यहा जाने बित्तिके सेतेको श्रीमतीले कल्पनालाई हेर्दै रिसले मुरमुर्दै भनिन्र्,थुक्क दमिनी । आज दमिनीको अनुहार हेर्नुपर्यो । ’

मलाई किन तपाईले यस्तो भन्नुभएको के मात्रै बोलेकी थिइन् उनलाई सेतेको श्रीमतीले कपाल भुत्लार्न आईपुगेको कल्पनाले बताईन । आमालाई पिटेको देखेर छोरा अमृत परियार पनि छुट्टाउन गए । छोरालाई पनि सेतेका छोरा राजकुमार श्रेष्ठ भएर कुटपिट गर्न लागे । कल्पना मलाई छोड छोड भन्दै गुहार माग्दै थिईन् । गाँउका मान्छेहरु एकछिन त रमिता हेरिरहे । पछि गाँउका केही व्यक्तिहरु मिलेर छुट्याउने कोसिस गर्दै थिए । घरमा भएकी कल्पनाकी छोरीले पनि आमादाईलाई कुटेको खबर पाएपछि उनी आतुर हुँदै घटनास्थलमा आईपुगिन् । आफु त्यहाँ पुग्दा दाई र आमाको अवस्था गम्भिर नै भईसकेको थियो । पुजाले भनिन्र्, त्यसपछि मैले प्रहरीलाई खबर गरे । एकछिन म त्यहाँ नपुगेको भए मेरो दाई आमालाई मारिसक्र्थे । मैले एम्बुलेन्सलाई पनि फोन गरेर दाई र आमालाई अस्पताल लगे ।’

भरतपुर स्थित अलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरमा उपचार अमृतको उपचार गरिएको थियो । अमृतको हातको कुमको जोर्नी भाचिएको छ भने कल्पना सामान्य घाइते छन् । पिडित परिवारले पनि दोषीलाई कानुनअनुसार कारबाही गर्नुपर्ने र मिलापत्रमा नजाने बताएका छन् । स्थानिय सरकारले भने गाँउघरको सानोतिनो घटना भनेर मिलापत्रमा जानुपर्ने भनेको कल्पनाले नारायणी अनलाइनलाई बताईन् ।

उपचार खर्च भने सेते श्रेष्ठका परिवारले नै गरे । सेतेका श्रीमती चिनीमाया श्रेष्ठले कल्पनालाई घटना हुनुभन्दा पहिले पनि एकल महिला भएकोले श्रीमान टोकुवा इत्यादी अनावश्यक गालिगलैजा र धम्कि दिँदै आएको स्थानिय बासिन्दाहरुले बताएका छन् ।

नेपाललाई २०६८ जेठ २१ मा जातिय छुवाछुतमुक्त घोषणा गरे पनि अहिले यसरी अमानवीय घटना गरेका राप्ती नगरपालिकाकी कार्यपालिका सदस्य आइतीदेवी दराइले बताइन् । उनले दुख व्यक्त गर्दे जातिय विभेदको कारण समुदायमा भएको यस किसिमको घटनालाइ क्षमा दिन नसकिने उनले जानकारी दिईन् । सेतेका परिवारलाई प्रहरीले पक्राउ नगरेको र सामान्य घटना भनेर छोडिदिएको दराईले बताइन् ।

राप्ती नगर स्तरिय दलित समन्वय समितिले पनि घटनाको भत्सर्ना गरेको छ । समितीका अध्यक्ष श्यामलाल विकले यस किसिमको घटनालाइ क्षमा दिन नसकिने र यस विषयमा कानुनी कारवाहीको लागि माग गरे ।

राप्ती नगरपालिकाका उपप्रमुख इमानसिंह लामाका अनुसार उक्त घटना फौजदारी मुद्दा भएकोले कानुन अनुसारलाई पिडकलाई कारबाही हुन्छ ।अमानवीय घटना भएकोले पिडकलाई कानुनअनुसार कारबाही गरिने र मिलापत्र गर्नै नमिल्ने लामाले बताए ।

तस्बिर:कल्पना परियारका छोरा अमृत परियार

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>