राजनीति

राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा गोबर छ्यापेको भन्दै नेविसंघका नेता पक्राउ

Banner

काठमाडौं, जेठ ९ –

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरमा गोबर छ्याप्‍ने एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा नेपाल विद्यार्थी संघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठी रहेका छन् । प्रहरीले उनलाई मध्यबानेश्वरको पिपलबोटबाट पक्राउ गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरमा गोबर छ्याप्दै हिँडेका त्रिपाठीलाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसरले बताएको छ । उनलाई हाल महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखिएको छ । उनलाई रिहाइ गर्न नेविसंघले माग गरेको छ ।

नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले मध्यरातमा संविधानको चीरहरण गरेको प्रतिगामी कदमविरुद्ध प्रतीकात्मक विरोधस्वरुप विद्या भण्डारी तथा केपी शर्मा ओलीलाई गोबर उपहार पठाउने कार्यक्रम राखेका थिए ।

बानेश्वरमा नेपाल विद्यार्थी संघका साथीमाथि गरिएको प्रहरी हस्तक्षेप निन्दनीय भएको बताएका छन् । उनले भने, सोही क्रममा संघका केन्द्रीय सदस्य नवराज त्रिपाठीलाई बानेश्वरबाट गरिएको गिरफ्तारप्रति घोर भर्त्सना गर्दै तत्काल विनाशर्त रिहाइको लागि जोडदार माग गर्दछु।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>