देश/प्रदेश

पोखरा महानगरपालिका प्रमुख आचार्यसँग नेपालका लागि इजरायली राजदूतको भेट

Banner

गण्डकी, साउन २० –

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरीबासले आज शिष्टाचार भेट गर्नुभएको छ ।

त्यसअवसरमा उहाँहरुबीच नेपाल–इजरायल सम्बन्ध, साझा हित, पर्यटन, कृषि, प्रविधिशिक्षा, रोजगारी प्रवर्द्धनलगायतका विषयमा छलफल भएको महानगरपालिकाले जनाएको छ ।

उहाँहरुबीच दुवै देशबीच पर्यटन तथा सांस्कृतिक आदान–प्रदानलाई विस्तार तथा पोखरा र इजरायलबीच सीधा हवाई उडान सञ्चालन सम्भावनाका विषयमा समेत विचारविमर्श भएको थियो ।

सो अवसरमा महानगर प्रमुख आचार्यले महानगरका कर्मचारी तथा प्राविधिक जनशक्तिको दक्षता र क्षमता अभिवृद्धिका लागि इजरायलसँग सहकार्य तथा नयाँ अवसरका लागि आवश्यक समन्वय गर्न राजदूतसँग आग्रह गर्नुभयो ।

उहाँले आधुनिक कृषि प्रविधि, सीप विकास, रोजगारी तथा प्राविधिक ज्ञान हस्तान्तरणका क्षेत्रमा दुई देशबीच सहकार्यको सम्भावना औँल्याउँदै प्रमुख आचार्यले पोखरालाई अन्तरराष्ट्रिय पर्यटन गन्तव्यका रूपमा विकास गर्न इजरायलसँग पर्यटन, संस्कृति र हवाई सम्पर्कका क्षेत्रमा मिलेर काम गर्न सकिने धारणा व्यक्त गर्नुभयो ।

त्यस अवसरमा राजदूत एरीबासले इजरायलको आधुनिक कृषि प्रणालीसम्बन्धी ‘लर्न एन्ड अर्न’ कार्यक्रममार्फत इजरायल पुगेका नेपाली युवाले कृषि क्षेत्रमा ज्ञान, सीप र अनुभव हासिल गर्दै उल्लेखनीय प्रगति गरिरहेको बताउनुभयो । उहाँले इजरायलको प्रविधिमैत्री र आधुनिक कृषि प्रणालीबाट नेपालले लाभ लिन सक्ने विश्वास व्यक्त गर्नुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>