देश/प्रदेश

देवघाटमा कोरोना संक्रमितको शव व्यवस्थापनमा डोजर प्रयोग

Banner

देवघाट, जेठ ३ –

कोरोना संक्रमणबाट मृत्यु भएकी एक महिलाको शव डोजरको प्रयोग गरी व्यवस्थापन गरिएको छ । तनहुँको देवघाट गाँउपालिकामा कोरोना संक्रमित महिलाको शव व्यवस्थापनमा डोजरको प्रयोग गरिएको हो । गाँउपालिका ५ स्थित गौरिटारकी ६८ वर्षीया महिलाको कोरोना रिपोर्ट आउनुअघि नै आइतबार राति मृत्यु भएको थियो ।

कोरोना संक्रमणको लक्षण देखिएपछि हिजो बिहान मात्र उनको स्वाव संकलन गरी पिसिआर परीक्षणको लागि पठाईएको थियो । मृत्युभएपछि मात्र कोरोना रिपोर्ट पोजेटिभ आएकोले छिटोछिटो महिलाको शव व्यवस्थापन गर्न स्थानिय बासीहरुले अनुरोध गरेको गाँउपालिकाका सुचना अधिकारी गोविन्द प्रसाद पौडेलले जानकारी दिए । शव व्यवस्थापन गर्ने सेना आउन ढिलो भएपछि गाँउपालिका बाध्य भएर डोजरको प्रयोग गरी शव व्यवस्थापन गरेको पौडेलले बताए ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकीका अनुसार मृतकको शव सुरक्षाको मापदण्ड अपनाई देवघाट स्थित त्रिशुली नदी किनारमा व्यवस्थापन गरिएको छ।

गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापासहितको समुह कोरोना संक्रमितको स्वास्थ्य अवस्थासंगै हौसला बढाउन संक्रमितको घरदैलोमा पुग्ने गरेका छन् । गाउँपालिकामा हालसम्म १३ जना कोरोना संक्रमित रहेको छन् । गाँउपालिकामा कोरोनाबाट एक जनाको मात्रै मृत्यु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>