अर्थ
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
०

काठमाडौं, बैशाख २३
बिहिबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको तुलनामा प्रतितोला ३०० रुपैयाँले वृद्धि हुँदै बिहिबार सुनको मूल्य ९० हजार ६०० रुपैयाँ कायम भएको हो ।
त्यस्तै, तेजाबी सुन आज ९० हजार १०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य भने गत बुधबारको तुलनामा प्रतितोला ५ रुपैयाँले गिरावट आउँदै बिहिबार एक हजार ३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























