समाज
विदेशबाट फर्किएका यात्रुसँग तेब्बर बढी भाडा असुल्ने पक्राउ
०

काठमाडौं,बैशाख २२-
विदेशबाट फर्किएका यात्रुसँग तेब्बर बढी भाडा लिने बस काउण्टरका कर्मचारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको गोंगवु बसपार्कबाट बागलुङ भगवती काउण्टरका कर्मचारीलाई पक्राउ गरिएको ट्राफिक महाशाखाका एसएसपी जनक भट्टराइले बताए । पक्राउ पर्नेमा स्याङ्जा चापकोट–७ घर भएका ३० वर्षीय मिलन सारु छन् ।
बा.४ख ४९३ नम्बरको बसमा बागलुङ जाने यात्रुसँग उनले ३ हजार देखी ४ हजारसम्म भाडा लिएका थिए । काठमाडौंदेखि बागलुङको नियमित भाडा सरकारले ९ सय तोकेको छ । बससहित उनलाई कारवाहीका लागी महानगरीय प्रहरी वृत महाराजगञ्जमा पठाइएको एसएसपी भट्टराइले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























